कुमुदिनी होम्समा वक्तृत्वकला

समाधान संवाददाता २०८२ जेठ २६ गते १८:३७

पोखरा ।

पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह (६–८) र माध्यमिक तह (९ र १०) को नेपाली वक्तृत्वकला प्रतियोगिता भएको छ ।

आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा भएको आधारभूत तहको वक्तृत्वकलामा कक्षा ७ (ख) का आदित्य खत्री प्रथम, कक्षा ७ (ग) की संस्कृति गैह्रे द्वितीय, कक्षा ७ (क) की आयुषा लामा तृतीय र कक्षा ६ (ग) की रविना महतरा सान्त्वना भएका छन् ।

Advertisement

प्रतियोगिताका निर्णायकमा शिक्षकहरू सुरेन्द्र सदिच्छा र सुस्मा आमात्य थिए । गणित विषय शिक्षक मनबहादुर भुजेलको अध्यक्षतामा भएको माध्यमिक तह अन्तर्गतको प्रतियोगितामा कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा प्रथम, कक्षा १० (ग) का प्रतीक पौडेल द्वितीय , कक्षा १० (ख) का सक्षम गैह्रे तृतीय र कक्षा ९ (ग) की दिव्या आचार्यले सान्त्वना स्थान हाँसिल गरे ।
शिक्षकहरू दीपक केसी र ईन्द्रप्रसाद सुवेदी यसका निर्णायक थिए । विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया