८० विद्यार्थीलाई तमु सांस्कृतिकको छात्रवृत्ति

पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८२ का लागि पहिलो चरणमा ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ‘गुरुङ (तमु) विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्गत कास्की, तनहँु, स्याङजा, पर्वत र लमजुङका पश्चिमी क्षेत्रका कक्षा ९,१०, ११, १२ का ती विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ (तमु)ले जानकारी दिए ।
यो वर्ष प्रतिष्ठानले नयाँ ८० सहित १ सय ७७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ । प्रतिष्ठानले ग्रामीण तथा विपन्न वर्गका गुरुङ विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पुर्याउने उद्देश्यका साथ २०६६ सालदेखि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रतिष्ठानले अर्को हप्ता लमजुङ र गोर्खामा, त्यसपछि अन्य जिल्लामा छात्रवृत्ति वितरण गर्ने अध्यक्ष गुरुङले बताए ।
विगतमा जापानमा बस्दै आएको गुरुङ समुदायका व्यक्तित्वहरुले शैक्षिक तथा सामाजिक सेवामा काम गर्नको लागि २०५८ सालमा प्रतिष्ठान खोलेका हुन् । ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नारासहित काम गर्दै आएको प्रतिष्ठानले १३ संस्थागत र १ सय ७ व्यक्तिगत गरी १ सय १९ शीर्षकमा स्थापना गरेको अक्षयकोषबाट आउने ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष गुरुङले जनाए ।
प्रतिष्ठानले कक्षा ९ देखि १२ सम्म लगातार ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । कक्षा ९ देखिको छात्रवृत्तिको लागि नयाँ विद्यार्थी लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरी छनोट हुनु पर्छ ।
कार्यक्रममा चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल गुरुङले कडा मेहनतका साथ अध्ययन गरी राष्ट्रको सेवा गर्न विद्यार्थीलाई आग्रह गरे । उनले ग्रामिण क्षेत्रका गरिब र विपन्न भएर मात्र नभएर विद्यार्थीले क्षमता र दक्षताको आधारमा छात्रवृत्ति प्राप्त गरेको उल्लेख गरे ।
कार्यक्रममा प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ गुरुङ, सचिव कञ्चन गुरुङ, संस्थाका कानुनी सल्लाहकार कर्णबहादुर गुरुङ, वनस्थली माविका लमजुङका छात्रा संगीता गुरुङ लगायतले प्रतिष्ठानले सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कोषाध्यक्ष श्यामबहादुर गुरुङले ३ करोड १६ लाख ८८ हजार बराबरको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले नेपाल भरीका विपन्न र जेहेन्दार गुरुङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया