सांसदका नाममा बजेट दिन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मी माग !

पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेशलाई संघीय सरकारले दिएको अनुदान सबैभन्दा कम भएको भन्दै प्रदेशका सांसदहरूको भूमिकामाथि कडा प्रश्न उठाएका छन् । सोमबार गण्डकी प्रदेशको प्रि–बजेट छलफलमा बोल्दै उनले गण्डकी आर्थिक दृष्टिकोणले कमजोर प्रदेश भएको उल्लेख गरे ।
‘गण्डकी प्रदेश नामले मात्रै होइन, आर्थिक दृष्टिकोणले पनि कमजोर प्रदेश हो,’ उनले भने, ‘संघीय सरकारले अर्बौं रुपैयाँ विभिन्न संघीय निकायहरूलाई दिएको छ तर गण्डकीले न्यूनतम मात्र प्राप्त गरेको छ। खोइ सांसदहरूको दबाब ? खोइ सांसदको प्रभावकारी भूमिका ?’
मुल्मीले संघीय सरकारले सांसद विकास कोष प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीचको विवादकै कारण बजेट कार्यान्वयनमा बाधा आएको बताए । ‘सांसद विकास कोष सबै सांसदलाई दिन जरुरी छ,’ उनले भने, ‘तर झगडा भयो र कार्यक्रम नै अगाडि बढेन, दुई जना भन्दा बढी सांसद भएको ठाउँमा विवाद छ ।’
यसअघि संसदलाई बजेट दिइएकाे भन्दै अदालले राेकेकाे थियाे । निकै विवादीत बनेकाे सांसद विकास काेषमा पूर्व अध्यक्ष मुल्मीले बजेट दिन माग गरेका हुन् ।
पूर्व अध्यक्ष मुल्मीले बजेटलाई ‘इकोनोमिक डकुमेन्ट’ भन्दै यसले आउँदो २०८४ को निर्वाचन लक्षित भएको पनि टिप्पणी गरे। ‘यो बजेट ८४ सालको चुनाव जित्ने योजनामा केन्द्रीत छ,’ उनले भने । उनले पूर्व अर्थमन्त्री रामशरण महतको नाम उल्लेख गर्दै भने, ‘पूर्वरामशरणज्यूले एकपटक भनेका थिए, बाटो नै नभएको ठाउँमा पुल नबनाइदिनुस्, अरु केही हुन्छ । आज पनि त्यही सन्देश सान्दर्भिक छ ।’ मुल्मीले बजेट कार्यान्वयन क्षमताको विकासमा प्रदेशले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै, पूर्वाधार, उत्पादनशील क्षेत्र र निजी लगानीको परिचालनमा स्पष्ट नीति आवश्यक रहेको बताए ।







जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया