सृजना स्कुलमा नेपाली शब्दखेल

पोखरा ।
पोेखरा ८ सृजनाचोकमा अवस्थित सृजना सेकेन्डरी स्कुलको आयोजना र जुनियर रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता भएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार र आइतबार भएको अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता तहगत एवं कक्षागत रूपमा गरिएको थियो । शुक्रवारका दिन कक्षा ४–१० सम्म र आइतबार कक्षा १–३ सम्मका प्रतियोगिता भएका हुन् ।
प्रतियोगिता कक्षा १ देखि ८ सम्म कक्षागत रूपमा र कक्षा ९ र १० तहगत रूपमा सञ्चालन भएको थियो । माध्यमिक तह (कक्षा ९ र १०) बाट हरियो सदनले प्रथम र रातो सदन द्वितीय स्थान हाँसिल गर्न सफल भएका थिए । कक्षा ८ मा रातो सदन प्रथम, पहेँलो सदन द्वितीय हुन सफल भए भने कक्षा ६ र ७ मा हरियो सदन प्रथम, पहेँलो सदन द्वितीय हुन सफल भएका थिए ।
कक्षा ५ मा रातो सदन प्रथम, पहेँलो सदन द्वितीय, कक्षा ४ मा पहेँलो सदन प्रथम, रातो सदन द्वितीय स्थान हासिल गर्न सफल भएका थिए । उक्त प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको शिक्षक विष्णुप्रसाद सुवेदीले बताए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया