दरबारथोक टोलमा मिलन

समाधान संवाददाता २०८२ जेठ २७ गते १४:१२

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ मा पर्ने दरबारथोक टोल विकास संस्थाको १९ औं साधारण सभा तथा चौथो अधिबेशनबाट मीनबहादुर केसी (मिलन) को अध्यक्षतामा नयाँ समिति चयन भएको छ । ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा विष्णु खवास, सचिव कृष्ण रानाभाट र कोषाध्यक्ष निलम खवास छन् ।

Advertisement


सदस्यमा मोतिकुमार श्रेष्ठ, सुनिता कोइराला केसी, तारा कोइराला ढकाल, निलम गुप्ता, होमबहादुर भुजेल, लेखनाथ केसी र कमला खाती क्षेत्री सर्वसम्मत बने । कार्यक्रमा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले टोलवासीको भावना अनुसार संस्थाले काम गर्नुपर्नेमा जोड दिए ।


सो अवसरमा पोखरा ९ की वडा सदस्य गीता चर्माकार, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, चण्डीका आमा समूहकी अध्यक्ष सीता नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

संस्थाका अध्यक्ष सूर्यभक्त सिग्देलले संस्थाको वार्षिक गतिविधि र कोषाध्यक्ष मीनबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया