पिरामा गणपति लघुवित्त

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा, कपिलवस्तुले एकदिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा गरेको छ । शाखाअन्तर्गत गठन भई सञ्चालनमा रहेका केन्द्रका केन्द्र प्रमुखहरुको दक्षता अभिवृद्धि, समीक्षा र अन्तरक्रिया गर्ने उद्देश्यले वार्षिक रुपमा सञ्चालन हुने यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा शाखा प्रबन्धक तिलकप्रसाद आचार्यले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, चुनौती र सुधारका विविध समसामयिक विषयवस्तुहरूमा समेत खुला संवाद र समाधानका विकल्पहरुमा छलफल तथा अन्तक्र्रिया भएको शाखा प्रबन्धक पवित्रा गैरेले जानकारी दिइन् । वार्षिक मूल्यांकनका आधारमा तीनवटा केन्द्रलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको छ भने वर्षका उत्कृष्ट व्यवसायी र बचतकर्तालाई समेत सम्मान गरिएको वित्तीय संस्थाले जनाएको छ ।
शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ की केन्द्र प्रमुख पवित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रबन्धक/कनिष्ठ अधिकृत दीपेन्द्र सापकोटा थिए । कार्यक्रममा केन्द्र प्रमुख, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरू सहित ५७ जनाको उपस्थिति थियो ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया