पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको सकुशल उद्धार

समाधान संवाददाता २०८२ जेठ २८ गते १६:३५

पोखरा ।

पोखरामा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।


सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउसो करीव ३ बजे सकुशल उद्धार गरेको हो ।

Advertisement


उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षिय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङ पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाईलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया