गणित शिक्षकलाई प्रशिक्षण

समाधान संवाददाता २०८२ जेठ २८ गते १६:३७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ वडा कार्यालयको आयोजनामा मंगलबारदेखि गणित शिक्षकहरुको चार दिने विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रमको संयोजन कृष्ण प्रसाद पौडलले गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा रहेको जनप्रकाश मावि आयोजक रहेको र वडा कार्यालय २९, कास्कीको विशेष सहयोग छ ।


कार्यक्रमको उद्घटन गर्दै वडा अध्यक्ष श्रीप्रसाद गुरुङले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरूको पेशागत सीप अभिवृद्धि तथा शिक्षण गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

Advertisement


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।प्रशिक्षणका लागि काठमाडौँबाट आएका विश्वविद्यालय प्राध्यापक तथा गणित विषयका लेखक दयाराम श्रृखणा प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए । उनले गणित शिक्षणका आधुनिक र प्रभावकारी विधिहरुका विषयमा सहभागी शिक्षकहरूलाई प्रशिक्षण दिने कार्यक्रम छ ।


कार्यक्रमको सञ्चालन जनप्रकाश माविका गणित शिक्षक सोविम बरालले गरेका थिए । कार्यक्रममा करिब ५० विद्यालयका करिव एक सयजना भन्दा बढी गणित शिक्षकहरूको सक्रिय सहभागिता छ ।

Advertisement

तपाईको प्रतिक्रिया