नरभक्षी चितुवा नियन्त्रण गरिने

दमौली ।
बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो दुई महिनामा बन्दीपुर गाउँपालिका–२ मा चितुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भइसकेको छ ।
बन्दीपुरका स्थानीयवासीले आज प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै चितुवा नियन्त्रण गर्नुपर्ने माग गरे । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले चितुवा नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने, सो जनशक्तिबाट सम्भव नभए राष्ट्रिय निकुञ्ज विभागलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसैगरी वन क्षेत्रको अध्ययन गरी चितुवाको गणना गर्न गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको उनले बताए ।
चितुवाको आक्रमणबाट सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको थियो । घरको आँगनमा खेलिरहेका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो । त्यसैगरी गत चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्यु भएको थियो ।
डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनी क्षेत्रमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्ला आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया