‘थेरापीले अटिजमको असर कम गर्छ’

पोखरा ।
अपांगता भएका बालबालिका र तिनका हेरचाहकर्ता लाभग्राहीको अपेक्षा र सरोकारवाला निकायबीच तादम्यता ल्याउने उद्देश्यले बाल हितकारी परियोजना नेपालले बुधबार स्नायु विकासात्मक अपांगतासम्बन्धी मानव पैरवी पुस्तकालय कार्यक्रम गरेको छ ।
मानव पुस्ताकालयको माध्यमबाट भएको पैरवी कार्यक्रममा हेरचाहकर्ता अभिभावकहरु मणिराज थापा, सूर्यप्रसाद पोखरेल, पुष्पा गौतम पौडेल र अनुराधा विकले मस्तिष्क पक्षघात भएका बालबालिकाको समग्र अवस्थाको बारेमा पुस्तालयका वाचकका रुपमा प्रस्तुत भए ।
कार्यक्रममा परियोजनाका अपांगतासम्बन्धी कार्यक्रम संयोजक दुरमाया राना (पूजा)ले विकासक्रमको ढिलाइका कारण बालबालिकाको मस्तिष्क कार्य तथा स्नायुको विकासमा असर पर्ने बताइन् । जसको कारण सामाजिक, सज्ञात्मक र भावनात्मक कार्यमा कठिनाई हुने उनले उल्लेख गरिन् ।
‘बच्चाको उमेर अनुसार मस्तिष्कको स्वास्थ्य विकास हुन धेरै आवश्यक छ,’ उनले भनिन्, ‘पहिलो पाइला चाल्ने, पहिलो पल्ट मुस्कुराउने जस्ता सिकाइलाई विकासक्रमको कोशेढुंगा मानिन्छ ।’ उनले यदि कुनै बालबालिकाका उमेर अनुसार वृद्धि विकास तथा विकासक्रम पूरा भएको छैन भने उक्त बच्चामा विकासक्रम सम्बन्धी ढिलाई वा स्नायु विकासात्मक बिकार भएको हुन सक्ने जानकारी दिइन् । जुन अपांगताको कारण बन्न सक्ने उनले उल्लेख गरिन् ।
अटिजम जीवनभर हुने अवस्था भएता पनि बाल्य अवस्थामा छिटो छिटो पहिचान गरी थेरापी हस्तक्षेप गरे लक्षण न्यूनीकरण हुन्छ
अभिभावकको साझा समूह बनाएर हेरचाहलाई व्यवस्थित गर्न तालिम दिएको जानकारी दिँदै उनले अटिजम, मस्तिस्कघात, बौद्धिक अपांगता भएका बाल बालिकाको स्वास्थ्य सुधार तथा शारीरिक विकासका लागि आवश्यक पर्ने खेलौना तथा सहयोगी सामग्रीहरु वितरण गरेको बताइन् । उनले त्यस्ता बालबालिकालाई प्रदान गर्ने सेवा सबै निशुल्क भएको जनाइन् ।
संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईले अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार, शारीरिक विकास तथा पुनस्थापनाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको बताए । उनले लक्षित वर्गका बालबालिकालाई घरमै पुगेर सेवा, पुनस्थापना सम्बन्धी सेवामा सहयोग र अभिभावकलाई समूहगत रुपमा परामर्श दिएको जानकारी दिए ।
अपांगता भएका बाल बालिकाको शिक्षामा पहुँच, अपांगमैत्री भौतिक पूर्वाधार निर्माण र आय आर्जनमा सहयोग पुर्याएको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका बाल बालिका तथा उनीहरुको स्याहारकर्तालाई समेत पुनस्र्थापना तथा स्वास्थ्य सुधारको कार्यक्रम गरेको बताए ।
अटिजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले मस्तिष्कको स्नायु विकासमा आउने विकारका कारण स्नायु विकासात्मक अपांगता हुने जानकारी दिए । अटिजम १८ महिनादेखि ३ वर्षभित्र देखा पर्ने र जीवन प्रयन्त रही रहने अवस्था भएको उनले उल्लेख गरे ।
‘अटिजम जीवनभर हुने अवस्था भएता पनि बाल्य अवस्थामा छिटो छिटो पहिचान गरी थेरापी हस्तक्षेप गरे लक्षण न्यूनीकरण हुन्छ,’ उनले भने, ‘शीघ्र हस्तक्षेपमार्फत तालिम र थेरापी दिएमा बालबालिकाले आफ्नो हेरचाह गर्ने, सामाजिक क्षमता विकास हुने र सञ्चारको क्षमतामा विकास हुन्छ ।’ उनले थेरापी पाएका बालबालिका वयस्क भएपछि पूर्ण रुपमा स्वतन्त्र बाँच्न सक्ने जानकारी दिए ।
उनले २०७८ सालका जनगणना अनुसार नेपालमा ४ हजार ८ सय ८६ बाल बालिकामा माअटिजम भएको बताए । सही तथ्यांक, शीघ्र पहिचानमा उदासिनता मुख्य समस्या रहेको जानकारी दिँदै उनले अभिभावकहरुमा अटिजम प्रतिको स्वीकारोक्तिमा समेत समस्या रहेको उल्लेख गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नीतु गर्तौलाले स्नायु विकासात्मक अपांगता भएका बाल बालिकालाई शिक्षा, स्वास्थ्य र यौन तथा प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित हुन नसकेको बताइन् ।
कार्यक्रममा पोखरा १५ का अध्यक्ष तोरण बानियाँ, हरियाखर्क अस्पतालका अकुपेसनल थेरापिष्ट सुदीप औजी, साथी संसार नेपालका पुनस्थापना अधिकृत दुर्गा घर्ती, मनोविद सम्झना पराजुली, राष्ट्रिय अपांग महासंघ गण्डकी उपाध्यक्ष अन्जना केसी, बाल हितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्माले स्नायु विकासात्मक अपांगाताको सवालमा बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया