वियोगी र पोखरेल सम्मानित
समाधान संवाददाता
२०८२ जेठ २९ गते १२:३२

पोखरा ।
सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानले पोखरेली स्रष्टा माधव वियोगी र प्राडा रामचन्द्र पोखरेललाई धनगढीमा आइतबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा उनीहरूलाई पहलमानसिंह स्वाँर राष्ट्रिय सम्मान २०८२ प्रदान गरिएको हो ।
सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह राउतले सम्मान गरेका हुन् । वियोगीले छन्द र महाकाव्यका अभियानमार्फत् नेपाली भाषा, साहित्यको विशिष्ट सेवा गरेकाले र प्राडा पोखरेलले नेपाली नाटकको विकासमा अनुसन्धानका माध्यमबाट पूर्वजको सम्मान गरेबापत सो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा सुपका प्रतिभालाई पनि सम्मान गरिनुका साथै साँस्कृतिक कार्यक्रमको प्रदर्शन गरिएको थियो । प्रतिष्ठानका उपकुलपति टिएन जोशीले विशिष्ट स्रष्टालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया