कास्कीमा असारबाट नदिजन्य पदार्थको उत्खनन् गर्न नपाइने

पोखरा ।
कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइएको छ । नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो ।
निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरीने जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।
नदिजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र हुन नसकेमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी व्यवस्था कडाइका साथ लागू गरिने कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे।
सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रसोधन उध्योगले असार मसान्त भित्र वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गरि यसकाे जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्था समेत कडाइका साथ अनुगमन गरिने बरालले बताए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया