कास्कीका पत्रकारलाई मल्टिमिडिया तालिम

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजलाई सचेत, सुसुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशील बनाउन मदत गर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले हाल सञ्चार क्षेत्रमा आर्थिक मन्दीको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तबरले आगाडि बढाउन तालिम प्रभावकारी हुने बताए । नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रमुख प्रशिक्षक सञ्जालका संस्थापक रननीश भण्डारी छन् ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी र सचिव भुपाल गुरुङले पनि बोलेका थिए । ३ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चार माध्यममा आवद्व ६० जना पत्रकार सहभागी छन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया