गण्डकीले गुमायो अध्यक्ष पदको नेतृत्व : अनेरास्ववियुमा सुजन कडरिया ७ मतले विजयी

पोखरा ।
गण्डकी प्रदेशको म्याग्दी जिल्लाबाट उम्मेदवार बनेका प्रकाश पौडेल झिनो मतान्तरले अनेरास्ववियुको नेतृत्व गुमाएका छन्। कीर्तिपुरमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनअन्तर्गत अध्यक्ष पदको मतदानमा पौडेललाई ७३२ मत ल्याएर रामेछापका सुजन कडरियाले पराजित गरे। पौडेलले ७२४ मत पाए। जम्मा ८ मतको सानो अन्तरले अध्यक्ष बन्ने अवसर छुटाउँदा गण्डकी प्रदेशको नेतृत्व आकांक्षा अधुरो रहन पुग्यो।
गण्डकी प्रदेशले पछिल्ला केही महाधिवेशनमा सक्रिय र सशक्त सहभागिता जनाउँदै आए पनि यसपटक नेतृत्वको मुख्य पदमा पुग्ने सम्भावना गुमाउनु परेको छ। प्रकाश पौडेल संगठनको केन्द्रीय कमिटीका पूर्व सचिवसमेत हुन् र संगठनभित्र एक निष्ठावान र कार्यकर्ता रोजाइका नेताका रूपमा चिनिन्छन्।
महाधिवेशनबाट अन्य पदाधिकारीमा पनि निर्वाचन भएको छ। खुला उपाध्यक्षमा विकास श्रेष्ठ निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा अञ्जना सिवाकोटी विजयी भइन्। महासचिवमा ७८५ मतसहित दीपक धामी निर्वाचित भएका छन्।
चारजना सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल विजयी भएका छन्।
निर्वाचन आयोगमा अध्यक्ष जितप्रसाद सिटौला, उपाध्यक्ष प्रविन गिरी र सचिव विशाल पराजुली निर्वाचित भए। लेखा आयोगतर्फ अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भए।
अनुशासन आयोगमा सुमन घिमिरे अध्यक्षमा, आकाश गिरी उपाध्यक्षमा र स्मृति अधिकारी सचिवमा निर्वाचित भए।
नीति योजना तथा अनुसन्धान आयोगतर्फ अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन्।
कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतदानमा करिब एक हजार प्रतिनिधिले सहभागिता जनाएका थिए। संगठनभित्र लामो समयदेखि सक्रिय नेता सुजन कडरियाले पहिलोपटक अध्यक्ष बन्ने मौका पाएका छन्। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न महाधिवेशनबाट निर्वाचित नेतृत्वले अनेरास्ववियुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया