भारतीयलाई लगानी गर्न आह्वान
पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियल स्टेट उद्योगका प्रतिनिधिलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् । नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्यान्ड फाइनान्स (डिएलएफ) का प्रतिनिधिहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् ।
डिएलएफ भारतको अग्रणी रियल स्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बई र विदेशमा पनि अपार्टमेन्ट र बस्ती निर्माण गर्दै आएको छ । उनले भारतीय लगानीकर्ताका लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको पर्यटन उद्योगमा भारतीय लगानीका लागि आह्वान गर्दै उनले भने, ‘पोखरादेखि दिल्ली टाढा छैन ।
अझ, गोरखपुरदेखि बिहार र उत्तर प्रदेशका धेरै सहरहरूबाट यहाँ आफ्नै गाडीमा एकै दिन आउन सक्ने अवस्था छ । यति बेला गोरखपुर र लखनउमा उधुम गर्मी छ । त्यहाँको गर्मी छल्न, स्कूलको समर भ्याकेसनमा उनीहरूलाई शीतल ठाउँ घुमाउनका निम्ति पोखराभन्दा सुन्दर र सुरक्षित ठाउँ अर्को छैन । यहाँहरू पर्यटन उद्योगमा लगानी गर्न सक्नुहुन्छ ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सीधा उडानका लागि जनस्तरमा पहल गर्न आग्रह पनि गरे । ‘हामी निरन्तर पोखरा–दिल्ली, मुम्बई, लखनउ, वाराणसी, अयोध्या लगायतका सहरहरूमा उडानका लागि लबिङ गरिरहेका छौँ,’ उनले भने, ‘हवाई यात्राले पोखरा र मुक्तिनाथ पुग्न चाहने भारतीय पर्यटक र वाराणसी, अयोध्या, गुजरात, सुरत र भारतका अन्य औद्योगिक क्षेत्र जाने धार्मिक पर्यटक, उद्योगी÷व्यवसायी तथा उपचारका लागि दिल्ली जाने सबैलाई सुविधा पुग्छ ।’
कार्यक्रममा डिएलएफका डेपुटी जनरल म्यानेजर प्रियंका ओझा, सेल्स म्यानेजर अतुल डोन्डे र सहायक म्यानेजर प्रतिक सिंह लगायतले डिएलएफका गतिविधिबारे जानकारी दिएका थिए । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दीनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठसहित कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया