‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
लण्डन ।
बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ ।
मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए ।
उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो ।
“बेलायती पक्ष सकारात्मक छ । पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ ”, उपप्रमुख दुवाडीले भने ।
गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुंगिएको जानकारी दिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया