लाटोकोसेरो जोगाउन रचनात्मक काम

पोखरा ।
नेपालमा पहिलो पटक गठन गरिएको लाटोकोसेरो क्लबले वातावरण संरक्षणको चेतना फैलाउने अभियान पोखराको हेमजा क्षेत्रबाट सुरु गरेको छ । गौरीशंकर माध्यमिक विद्यालय र हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्वमा वृक्षारोपण, चित्रकला प्रतियोगिता र सरसफाइ गरिएको हो ।
गौरीशंकर विद्यालयमा आयोजित कार्यक्रममा ५० बढी बिरुवा रोपिए । चित्रकला प्रतियोगितामा पानी, जैविक विविधता, प्लास्टिकमुक्त समाज जस्ता सन्देश समेटिएका थिए । हेमजा बोर्डिङ स्कुलमा आयोजित चित्रकला प्रतियोगितामा कक्षा २ देखि ९ सम्मका ३ सय ९४ विद्यार्थी सहभागी थिए।
कार्यक्रममा गौरीशंकर लाटोकोसेरो क्लब अध्यक्ष सञ्जिला सेन्चुरीले सानो प्रयासले पनि पृथ्वीको संरक्षण सम्भव हुने बताइन् । युवाले वातावरणीय संकटलाई बुझ्न र समाधानमा नेतृत्व लिन आवश्यक रहेको बताइन् ।
हेमजा बोर्डिङ क्लब अध्यक्ष सलिन गौतमले चित्रकला जस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्ने सुनाए । विद्यालय परिसरदेखि विष्णुपादुका माईको थान, वडा कार्यालयसम्मको क्षेत्रमा गरिएको सरसफाइ अभियानमा विद्यार्थीले हाम्रो भविष्य, हाम्रो वातावरण जस्ता नारा भएका प्लेकार्ड बोकेर फोहोर संकलन गरेका छन् ।
गौरीशंकर विद्यालयका प्रधानाध्यापक अमरबहादुर कुँवरले वातावरणीय शिक्षालाई व्यवहारिक रूपमा जोड्ने प्रयास अत्यन्त उपयोगी भएको बताए । ‘कक्षा बाहिर सिकाइको यस्तो अवसरले विद्यार्थीको सोच र कार्य दुवैमा सकारात्मक परिवर्तन ल्याउँछ,’ उनले भने ।
हेमजा बोर्डिङ स्कुलका प्रधानाध्यापक केशवशरण पौडेलले यस्ता कार्यक्रमले बालबालिकामा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र वातावरणीय चेतना विकासमा सकारात्मक प्रभाव पर्ने बताए । लाटोकोसेरो क्लबहरूद्वारा सञ्चालित यी गतिविधि व्हिटली फन्ड फर नेचरको सहयोगमा भएका हुन् ।
यसका लागि ‘प्रकृतिका साथीहरू’ संस्थाले सहकार्य गरिरहेको छ । दुवै विद्यालयका लाटोकोसेरो क्लबले आगामी ३ महिनामा लाटोकोसेरो तथा वातावरणसम्बन्धी निबन्ध लेखन, हाजिरीजवाफ र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया