मदरल्यान्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

समाधान संवाददाता २०८२ असार १ गते ११:५४
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

पोखरा ।
पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरेको हो ।


महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । यसैबिच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीलाई न्यायिक समितिबारे जानकारी गराइएको छ ।


कार्यक्रममा पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा जानकारी गराउँदै सचेतना जगाउने उद्देश्यले विभिन्न संघ, संस्थासंग मिलेर कार्यक्रम संचालन गरिएको बताइन् ।

Advertisement


गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको हुँदा नागरिकलाई सचेतना जगाउन कार्यक्रम गरिएको सुनाइन् । स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधान गदै विवादरहित समाज निर्माण गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको उनको भनाइ छ ।


‘स्थानीय विवाद अदालत पुग्ने अवस्थाले समय र पैसा दुवै खर्च हुने भएकाले नागरिकले सहज रुपमा न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको हो,’ उनले भनिन् । नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उदेश्य र स्थानीय तहका विवाद अदालतसम्म पुग्नुपर्ने अवस्था नआओस् भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको हो ।

Advertisement


कार्यक्रममा मदरल्याण्ड माविका प्राचार्य नारायण बरालले कार्यक्रम विद्यार्थीका लागि उपयुक्त भएको बताउँदै महानगरले विद्यार्थीमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले विद्यार्थीलाई स्थानीय अदालतको रुपमा रहेको न्यायिक समितिको बारेमा जानकारी हुने र समाजमा सकरात्मक प्रभाव पार्ने बताए ।


कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकृतको प्रक्रिया, आचारण र योग्यताबारे सहजीकरण गरेका थिए । प्रेस क्लब गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजराम पौडेल र सचिव गौरव त्रिपाठीले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया