गणतन्त्र र महिला विषयक विचार गोष्ठी

पाेखरा ।
नेपाल बौद्धिक परिषदको एघारौं महाधिवेशनले इन्जिनियर गजेन्द्र थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिको आयोजित बौद्धिक बहसमा ‘शब्द र शक्ति बीच अल्झिएको नारी नेतृत्व’ विषयक कार्यपत्र डा राजेन्द्र चापागाईंले प्रस्तुत गरे।
कार्यपत्रमा संविधान र कानुनले महिलालाई पर्याप्त अधिकार दिएका भए पनि व्यवहारमा ती अधिकार कर्मकाण्डमै सीमित रहेको उल्लेख छ। राजनीतिक दलहरुको महिला अधिकारप्रति अनुदारता औंल्याउँदै चापागाईंले महिलाहरुले आफ्ना अधिकारका लागि आफैं जागरुक हुनुपर्ने आवश्यकता औंल्याए।
‘आइ’ को अर्थ आमा र ‘माई’ को अर्थ देवी भएको र आमा र देवी दुइ शब्दको समासबाट बनेको सम्मानित र पुजनीय देवी स्थानमा राखिएको ‘आइमाई’ शब्दलाइ क्रान्तिकारी परिवर्तन भन्दै आइमाइ को सट्टा महिला शब्द प्रयोग गर्न गरिनुमा पुनर्विचार गर्नुपर्ने कार्यपत्रमा सल्लाह दिइएको छ।
कार्यक्रममा परिषद्का इन्चार्ज अरुण नेपाल, अध्यक्ष थपलिया, उपाध्यक्ष गोविन्द शाही, महासचिव डा दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुसिल विके, सचिव डा टीका ढकाल, डा लाक्पा शेर्पा, डा किरण जोशी, डा विदुर वस्ती, अधिवक्ता रविन्द्र तामाङ, रचना खड्का, कृष्णा शर्मा, गीता अधिकारीलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।
अध्यक्ष थपलियाले बौद्धिक वर्गको कर्तव्य विचार निर्माण गर्ने भएकोले यस्ता बहसले अझ सशक्त ढंगले निरन्तर सञ्चालन गरिने जानकारी दिए।
सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘समग्र विकास अभियान’ले आयोजना गरेको ‘गणतन्त्र र महिला विचार गोष्ठी’ सम्पन्न भएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला नेतृ रचना खड्का, अनिता लामा, स्वेता र मेनुका पोखरेलले गोष्ठीमा महिला र गणतन्त्रबारे आफ्ना धारणा व्यक्त गरे।
कार्यक्रम टोखा नगरपालिकाकी उपमेयर अनिता लामाको अध्यक्षतामा सम्पन्न भएको हो।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया