ब्रिफकेस छाडेर कपडाको झोलामा गण्डकीको बजेट

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्न थालेका छन् ।
४ बजे बैठक सुरु हुने कार्यसूची रहे पनि एक घन्टा ढिला गरी सुरु भएको छ । अर्थमन्त्री गुरुङले अघिल्ला वर्ष ब्रिफकेसमा बजेट ल्याए पनि यसपालि कपडाको झोलामा बजेट लिएर आए । छालाको फिता भएको झोलालाई बाहिरबाट रंगीन कागजले मोडिएको थियो ।
मन्त्री गुरुङले सार्वजनिक निजी साझेदारीमा प्रदेशको विकासका खाका कोरिएको बताए । उनले संघीयताका लाभ समन्यायिक तरिकाबाट अनुभूति गराउने गरी प्रदेशले काम गरिरहेको बताए ।
उनले चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने बताए । राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार उनले प्रस्तुत गरेको हो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) चालु आर्थिक वर्षमा करिब रु. ५ खर्ब ४८ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षको संशोधित अनुमान रु. ५ खर्ब १८ अर्बभन्दा उल्लेख्य रूपमा बढी रहेको उनले बताए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया