प्रदेशमै लाइसेन्स छाप्न १० करोड रुपैयाँ

समाधान संवाददाता २०८२ असार १ गते १७:४६

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमै लाइसेन्स छाप्ने भएको छ । आगामी आवबाट लाइसेन्स छाप्नका लागि १० करोड रुपैयाँ विनियोजन गरेको आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले जानकारी दिए ।

स्वदेशी एपलाई प्रोत्साहन दिँदै राइड सेयरिङलाई प्रवर्द्धन गरिने उनले बजेट भाषणमा भनेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्व ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया