गण्डकी प्रदेश सरकारले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट- पूर्णपाठसहित

पाेखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो।
त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो।
अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए।
७ अर्ब ७३ करोड रुपैया वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ । आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्व रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया