कास्की कांग्रेसले महानगरलाई बुझायो सुझाव

समाधान संवाददाता २०८२ असार १ गते २१:००

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ । कांग्रेस कास्कीका सभापति किशोरदक्त बराल नेतृत्वको टोलीले आइतबार मेयर आचार्यलाई अवधारणा बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

महानरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो । यसअघि कास्की कांग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिकसमेत गरेको थियो ।

पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की कांग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषय समावेश गरिएका ११ बुँदा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया