माओवादी केन्द्र पोखरा महानगरमा हरि

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समिति अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । जेठ २७ गतेदेखि सुरु भएको सम्मेलनमा शनिबार भएको मतदानबाट नयाँ नेतृत्व चयन भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सफल नभएपछि मतदानबाट अध्यक्ष लगायतका पदाधिकारी चुनिएका हुन् । अध्यक्षमा विजयी भण्डारीले ५१ मत पाउँदा उनका प्रत्यासी जनकराज पराजुलीले ३५ मत पाए । कमिटीमा ३ उपाध्यक्षमा अर्जुन मल्ल, पुष्पकमल ढुंगाना र देवीमाया अधिकारी विजयी बने ।
सहसचिवमा चन्द्रबहादुर गुरुङ र कोषाध्यक्ष अनिल परियार विजयी हुँदा सचिवमा यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत बनेका थिए । माओवादी केन्द्र पोखरा महानगरमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । अध्यक्षमा विजयी भण्डारीको प्यानलले पदाधिकारीमा सबै पद जित्दा पराजुली प्यानलबाट कोही पनि निर्वाचित हुन सकेनन् ।
भण्डारी प्यानललाई पार्टीका नेताहरु राजकाजी गुरुङ, रामजी बराल लगायतको समर्थन थियो भने पराजुलीलाई नेता दीपक कोइराला लगायतको साथ थियो । माओवादीले महानगर कमिटी सदस्य भने सर्वसम्मत चयन गरिसकेको छ । माओवादी पोखरा महानगर कमिटीमा ८६ सदस्य यसअघि नै सर्वसम्मत निर्वाचित भएका हुन् ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया