फेरि बढ्यो पेट्रोलियमको भाउ

समाधान संवाददाता २०८२ असार १ गते २१:२०

पोखरा । नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।

नयाँ समायोजन अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७‍.५०, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ।

निगमले बढेको मूल्य आइतबार रातिबाट लागु हुने जनाएको छ। यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ मूल्यका आधारमा गरिएको हो।

Advertisement

तपाईको प्रतिक्रिया