एनसेलमा १ करोड पुरस्कार

समाधान संवाददाता २०८२ असार २ गते ११:०४

पोखरा ।
अब एनसेलको सधैं अनले ग्राहकलाई सम्पर्कमा राख्न र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले ‘सधैँ अन करोडपति’ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले १ करोड रुपैयाँ बम्पर नगद पुरस्कार जित्ने मौका पाउने छन् ।


यो योजनामा हरेक हप्ता १० ग्राहकले जनही १ लाख पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ । त्यसका साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा लगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्ने छन् । यो योजनामा कसैको हात खाली नहुने दाबी गरिएको छ ।


‘सधैँ अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ । यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा लिनुपर्छ । नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक आदि ग्राहकले लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार चल्नेछ ।

Advertisement


एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले यसपालिको मनसुनमा एक दशकभन्दा लामो समयपछि ठूलो योजना ल्याएको जनाए । ‘१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विषेश बनेको छ,’ उनले भने ।


ग्राहकले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् । एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

Advertisement


हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको एउटा टिकट प्राप्त गर्ने छन् । यदि ग्राहकले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त पाउने छन् । ग्राहकलाई सेवा खरिदपश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिंक तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत, ८९९९९३ डायल गरेर वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकट हेर्न सक्ने व्यवस्था गरिएको छ ।


यस योजनामा रिन्युअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका पाउँछन् ।सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ तर यदि त्यो सेवा रिन्युअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकट प्राप्त गर्दछन् ।


कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहक यस योजनामा सहभागी हुन पाउँछन् । पोस्टपेड प्रयोगकर्ताले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन मिल्छ ।


यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६ः३० देखि ७ः०० बजे एनसेल यूट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछ । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्ने छ ।

तपाईको प्रतिक्रिया