चापाकोटमा सहकारी अभिमुखीकरण

स्याङ्जा ।
सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा केन्द्रित एकदिने अभिमुखीकरण गोष्ठी भएको छ।
चापाकोट नगरपालिका र जिल्ला सहकारी संघ, स्याङ्जाको समन्वयमा आयोजित उक्त गोष्ठीमा चापाकोट र गल्याङ नगरपालिकाका विभिन्न सहकारी संस्थाका ८० जना पदाधिकारीको सहभागिता थियो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले सहकारी सम्बन्धी प्रचलित नियम कानुनको पालना गर्दै संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिका क्षेत्रभित्र सहकारी क्षेत्रमा कुनै समस्या आएमा समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारीमा सेयर सदस्यदेखि सञ्चालकसम्म सबैले सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । उनले एक–दुई जनाको बदमासीले सम्पूर्ण सञ्चालक जिम्मेवार हुनुपर्ने भएकाले सचेत भएर काम गर्न आह्वान गरे ।
९०८ सहकारी संस्था रहेकोमा ५६७ अद्यावधिक र ३४१ निष्क्रिय
वडा नं. १ का वडाध्यक्ष भूपराज वस्तीले सहकारी संस्था नियम कानुन र विनियमअनुसार सञ्चालन भएमा सहकारीको उद्देश्य र सेयर सदस्यको आकांक्षा पूरा हुने बताउँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने कामना गरे ।
जिल्ला सहकारी संघ, स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले संस्थागत कमजोरी हटाउँदै सुधार र सुदृढीकरणको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। स्याङ्जामा ४८४ सहकारी संस्था रहेकोमा निष्क्रिय संस्थाको संख्या धेरै रहेको उल्लेख गर्दै अद्यावधिक गरी सञ्चालन गर्न र नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा रजिष्ट्रार रिजाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहकारी सम्बन्धी ऐन, २०८१ को संशोधन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी नियामकीय मापदण्ड लगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रम सञ्चालन शाखा अधिकृत ईश्वरी ढकाल र व्यवस्थापकीय सहजीकरण नायब सुब्बा सूर्य तिवारीले राखेका थिए । केशवराज पंगेनी र हरिप्रसाद डोटेलले समेत मन्तव्य राखेका थिए ।
सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकारमा ९०८ सहकारी संस्था रहेकोमा ५६७ अद्यावधिक र ३४१ निष्क्रिय छन् । कार्यालयले चालु आर्थिक वर्षमा १५ तालिम, १९ अभिमुखीकरण गोष्ठी, ९४ सहकारीको नियमन अनुगमन र ८ सहकारीको प्रारम्भिक छानबिन गरेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया