दुबईमा गुन्जियो डि–मर्चा

पोखरा ।
पोखरेली चर्चित ब्यान्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लब एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो ।
सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यु होटल होटलको एम भ्युफ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो । जहाँ डि–मर्चाले आफ्ना दर्जनभन्दा बढी चर्चित गीत गुञ्जाउँदा दर्शक मज्जाले रमाएका थिए । हल भरिएको थियो । आयोजक आरएस इभेन्टका रविन श्रेष्ठले भने, ‘सबै टेबल बुक भएका थिए । दर्शकले हरेक गीतमा वान्स मोर गर्दै ताली बजाउँदा छुट्टै रौनकता छाएको थियो ।’
३ घण्टासम्म चलेको कार्यक्रममा डि–मर्चाले ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभुजीलाई मस्ती छ’ झ्याम्म झ्याम्म, झ्याम्मै चौतारी, यो डल्लीले हो मानिन जान, हिंडे म त हतार हतारमा लगायतका एक दर्जन चर्चित गीत गाएको आरएस इभेन्टका समीर सैंजुले जानकारी दिए । शुक्रबार दुबई पुगेको डि–मर्चा केही दिन बसेर फर्किनेछ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया