सुजलको ‘व्याफी फेमिली प्याक’ सार्वजनिक

 स्वाद, गुणस्तर र रमाइलोपनको संयोजन

समाधान संवाददाता २०८२ असार ४ गते १५:५२

काठमाडौं ।

नेपाली कन्फेक्शनरी उद्योगमा तीन दशकभन्दा बढी अनुभव बोकेको सुजल फुड्स प्रा.लि.ले स्वादिलो र आकर्षक नयाँ उत्पादन ‘व्याफी परिवार प्याक’ सार्वजनिक गरेको छ। ‘क्रिमी’, ‘क्रिस्पी’ र ‘क्रञ्ची’ अनुभव दिने गरी तयार गरिएको यो नयाँ प्याक अब बजारमा उपलब्ध छ।

Advertisement

सुजल फुड्सले नयाँ प्याक उपभोक्तालाई आफ्ना प्रियजनहरूसँग बाँड्न वा आफैं रमाइलो साथ खान उपयुक्त हुने गरी तयार गरेको बताएको छ। कम्पनीका अनुसार व्याफी अब दुई सबैभन्दा बढी रोजाइमा परेका स्वादहरू— स्ट्रबेरी र चकलेट— मा उपलब्ध छ। १२० ग्रामको प्याकको खुद्रा मूल्य रू. १०० राखिएको छ, जसले यसलाई नेपाली बजारमा उपलब्ध सबैभन्दा सुलभ दरमा प्रिमियम स्तरको वेफर बनाएको छ।

उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग गरी अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको व्याफीमा चार तहको कुरकुरो वेफर र तीन तहको क्रीम राखिएको छ। १२ महिनासम्म ताजापन र कुरकुरोपन कायम रहने बनावटसहितको व्याफीलाई त्रिस्तरीय धातुमिश्रित प्याकेजिङ र ‘सुरक्षा ट्रे’ प्रणालीमार्फत अन्तिम बाइटसम्म सुगन्ध र कुरकुरोपन कायम राख्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

Advertisement

कम्पनीका अनुसार यो उत्पादन विशेषगरी प्रिमियम स्वादको खाजाको विकल्प रोज्ने बालबालिका, किशोरकिशोरी तथा युवा पुस्तालाई लक्षित गरिएको हो। साथै, किनमेल केन्द्र तथा सहज पसलहरूमा स्वादिलो खाजा खोज्ने गृहिणीहरू तथा इन्टरनेटमार्फत नियमित रूपमा खाजा अर्डर गर्ने उपभोक्तालाई पनि ध्यानमा राखिएको छ।

‘उपहारस्वरूप दिने वा रमाइलो क्षणमा उपभोग गर्न व्याफी उत्कृष्ट छनोट हो,’ सुजल फुड्सको विज्ञप्तिमा भनिएको छ।

नयाँ व्याफी परिवार प्याक देशभरका प्रमुख खुद्रा बिक्री केन्द्र— भाटभटेनी, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी लगायतका सुपरमार्केटमा उपलब्ध भइसकेको छ। त्यस्तै, दराज, गिफ्टमान्डु डट कम, स्मार्टडोको डट कम, यार्शाबजार डट कम, बिजबजार डट कम र डिलआयो डट कम लगायतका प्रमुख अनलाइन किनमेल प्लेटफर्ममार्फत पनि व्याफी सजिलै खरिद गर्न सकिन्छ।

नेपालमै उत्पादन गरिएको व्याफीको ख्याति यतिमा मात्र सीमित छैन। व्याफी हाल अमेरिका, युरोप, अष्ट्रेलिया र खाडी मुलुकहरूमा निर्यात भइरहेको छ।

लक्ष्मी समूह अन्तर्गतको प्रमुख कम्पनी सुजल फुड्सले विगत ५० वर्षभन्दा बढी समयदेखि कन्फेक्शनरी क्षेत्रमा क्रियाशील रहँदै गुणस्तरीय उत्पादनहरू उपभोक्तासम्म उचित मूल्यमा पुर्‍याउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ। कम्पनीले विश्वास लिएको छ कि नयाँ व्याफी प्याकले नेपाली उपभोक्ताबीच विशेषगरी बालबालिका, किशोरकिशोरी र युवाहरू माझ लोकप्रियता हासिल गर्नेछ र हरेक बाइटमा स्वाद तथा रमाइलोपनको भरपूर अनुभव दिनेछ।

तपाईको प्रतिक्रिया