संयुक्त नागरिक पार्टीको कास्की भेला

समाधान संवाददाता २०८२ असार ४ गते १८:३४

पोखरा ।

Advertisement

संयुक्त नागरिक पार्टीको प्रथम कास्की जिल्ला भेला मंगलबार पोखरामा भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक डा जीत घलेको अध्यक्षतामा भएको भेलाले पदमबहादुर गुरुङको अध्यक्षतामा सात सदस्यीय कास्की जिल्ला तदर्थ समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा टेकबहादुर नेपाली र पसबहादुर विक, सदस्यहरुमा सिमोन श्रेष्ठ, सीता सुनार, सुमित्रा नेपाली र गम्बरसिंह विक छन् । कार्यक्रममा संयुक्त नागरिक पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले नवगठित समिति घोषणा पनि गरेका थिए । उनले संयुक्त नागरिक पार्टीको उदय नेपालको राजनीतिक इतिहासमा सामाजिक न्याय, समानता र समावेशी नेतृत्व स्थापनाको स्पष्ट एजेन्डाका साथ भएको जनाए ।

Advertisement

कार्यक्रमलाई पार्टीका उपाध्यक्ष डा शैलेस दियाली, जित घले, कमल पुर्जा, महासचिव प्रेम कार्की, उपमहासचिव बिदुर अधिकारी, केन्द्रीय सदस्यद्वय विनोद नेपाली र गणेश सुनारले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया