गण्डकीमा चाहिए जति रासायनिक मल

पोखरा ।
धान लगाउने मेलो सुरु भइसक्यो । किसान मानो खाएर मुरी उब्जाउन लागिसके । यही छेक ३ वर्षअघि किसानले रासायनिक मलको निकै अभाव खेप्नु परेको थियो । सरकारले मल आपूर्ति नगरेका कारण किसान धान रोप्ने सिजनमा मलबिना नै खेती लगाउन बाध्य थिए । तर, यो वर्ष मलको अभाव छैन ।
यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको हेमजाका कृषक एकबहादुर कार्कीले बताए । पछिल्लो समय किसानहरु प्रांगारिक मलमा बढी केन्द्रीत भएका कारण पनि रासायनिक मल अभाव नहुनेमा उनी ढुक्क छन् । ‘हेमजामा धान रोप्न सुरु भइसक्यो । केही वर्ष पहिला रासायनिक मल अभावमा दुख पाएकाले धेरै कृषकले प्रांगारिकमा जोड दिन थालका छन्,’ उनले भने, ‘टारी खेत अनि धान हुर्कन समय लाग्ने ठाउँमा केहीले युरिया र पोटास प्रयोग गर्छन् । त्यो मल पनि अहिले राम्रैसँग पाइएको छ ।’
कार्की जस्तै गण्डकीमा मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश पनि यो वर्ष प्रदेशमा रासायनिक मल अभाव नहुनेमा ढुक्क छ । कार्यालयका अनुसार पोखरा कार्यालयमा आवश्यकता अनुसार मल मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार गण्डकी प्रदेशभरमा कास्कीको पोखरा, पर्वतको कुस्मा तनहुँको दमौली, स्याङ्जा र नवलपुरको कावासोतीबाट अनुदानको रासायनिक मल वितरण हुन्छ ।
पोखरा कार्यालयबाट कास्कीसहित मनाङ र मुस्ताङ, कुस्माबाट पर्वतसहित बागलुङ र म्याग्दी, दमौलीबाट तनहुँसहित लमजुङ र गोरखा जिल्लामा वितरण हुन्छ । स्याङ्जा बजारबाट स्याङ्जा जिल्लाभर र कावासोतीबाट नवलपुर जिल्लाभर मल पु¥याइन्छ । यी सबै केन्द्रमा आवश्यकता अनुसार नै मल मौज्दात छ ।
अहिलेको स्टकले कास्कीसहित मनाङ र मुस्ताङ जिल्लालाई पुग्छ भन्ने छ । योबाहेक डिएपी छिट्टै आउनेवाला छ
गत वर्षको तथ्यांकलाई आधार मानेर कास्कीमा यो वर्ष १ हजार ८ सय मेट्रिक टन युरिया, ८ सय मेट्रिक टन डिएपी, १ सय मेट्रिक टन पोटास र २१ मेट्रिक टन कृषि चुन आवश्यक हुने अनुमान गरिएको प्रमुख बास्तोलाले बताए । अहिले पोखरा कार्यालयमा २ सय ५३.४ मेट्रिक टन युरिया, ५३ मेट्रिक टन डिएपी, २१.४ मेट्रिक टन पोटास र १४.१ मेट्रिक टन कृषि चुन मौज्दात रहेको उनले जानकारी दिए ।
‘अहिले भइरहेको स्टकले कास्कीसहित मनाङ र मुस्ताङ जिल्लालाई पुग्छ भन्ने छ,’ उनले भने, ‘योबाहेक डिएपी छिट्टै आउनेवाला छ ।’
कुस्मामा युरिया १२ सय, डिएपी ५ सय, पोटास १ सय र कृषि चुन ४२ मेट्रिक टन आवश्यक पर्ने अनुमान छ । दमौलीमा युरिया २ हजार, डिएपी १ हजार, पोटास २ सय र कृषि चुन २१ मेट्रिक टन खपत हुने अड्कल गरिएको छ । कावासोती कार्यालयका लागि युरिया २५ सय, डिएपी १२ सय, पोटास ३ सय र ४२ मेट्रिक टन कृषि चुन चाहिने बताइएको छ ।
स्याङ्जामा १२ सय मेट्रिक टन युरिया, ६ सय मेट्रिक टन डिएपी, २ सय मेट्रिक टन पोटास र २१ मेट्रिक टन कृषि चुन आवश्यक पर्ने अनुमान गरिए पनि त्योभन्दा कम खपत हुने प्रमुख बास्तोलाले बताए । ती केन्द्रमा पनि चाहिने जति रासायनिक मल मौज्दात रहेको उनले सुनाए ।
गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन् । जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको उनले बताए । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा मल खपत हुने गरेको प्रमुख बास्तोलाले जानकारी दिए ।
कार्यालयबाट अहिले युरिया १८.१७, डिएपी ४७.१७, पोटास ३५.१७ र कृषि चुन ८.६० रुपैयाँमा बिक्री भइरहेको प्रमुख बास्तोलाले जानकारी दिए । लिमिटेडबाट कृषकलाई सिधैं नबेची सहरकारीमार्फत बिक्री गर्ने गरिएको छ । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित समितिले कृषकलाई दिने मूल्य निर्धारण गर्ने भएकाले लिमिटेड र सहकारीले दिने मलको दर फरक पर्न सक्ने उनले बताए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया