नागरिक मञ्चले बुझायो पोखरा महानगरलाई १६ बुँदे सुझाव

पोखरा ।
पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिँदै गरेको नीति तथा कार्यक्रममा समावेश गर्न नागरिक मञ्च गण्डकी पोखराले १६ बुँदे सुझावपत्र पेश गरेको छ ।
नागरिक मञ्चका संयोजक विष्णुप्रसाद बरालका अनुसार महानगरलाई सबल, सक्षम र पर्यटनमैत्री बनाउन केन्द्रीत विषयवस्तुका आधारमा सुझाव तयार पारिएको हो। उनका अनुसार नेपालकै दोस्रो ठूलो महानगरको रूपमा पोखराको पहिचानलाई थप व्यवस्थित, समावेशी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता महसुस गर्दै मञ्चले विस्तृत सुझाव तयार पारेको हो ।
उक्त सुझावपत्र पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यमार्फत बुझाइएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार नीति तथा कार्यक्रम निर्माणको प्रक्रियामा नागरिक समाजबाट प्राप्त सुझाव र सल्लाहहरू सकारात्मक संकेत हुन्। उनका अनुसार स्थानीय तहको नीति निर्माणमा नागरिक सहभागिता र साझेदारीले कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने अपेक्षा राखिएको छ ।
मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थीका अनुसार मञ्चले पेश गरेका सुझावहरूमध्ये सार्वजनिक स्थानहरूमा आधुनिक शौचालय निर्माण, सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत प्राप्त हुने रकम एकद्वार प्रणालीमार्फत महानगरको बास्केट कोषमा संकलन गरी परिचालन गर्नुपर्ने माग प्रमुख छन् । उनका अनुसार यस्ता संरचनात्मक प्रस्तावहरूले नगरको दीगो विकासमा सहयोग पुर्याउनेछन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया