पोखरा २६ मा तालिम

समाधान संवाददाता २०८२ असार ५ गते ११:२३

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ मा महिलाको नेतृत्व क्षमता विकास र सार्वजनिक मञ्चमा बोल्ने कला अभिवृद्धि गराउन उद्घोषण तथा समूह व्यवस्थापन तालिम दिइएको छ । वडा कार्यालयको आयोजना र शुभ पाटी प्रालिको समन्वयमा २ चरणमा सञ्चालित तालिममा १ सय २० जना सहभागी थिए ।

Advertisement


समापन समारोहमा वडाध्यक्ष नरेन्द्र थापाले महिलाको सक्रिय सहभागिता र क्षमता विकासविनासमग्र विकास असम्भव रहेको बताए ।

उनले यहाँ सिकेका ज्ञान र सीपलाई टोल र समूहमा लागू गरी नेतृत्व लिन आग्रह गरे । वडा सदस्य सुजता बराल सुनारले विगतमा सञ्चालित छोटा अवधिका तालिम अपर्याप्त भएको गुनासो आएपछि यस पटक सहभागीको मागअनुसार नै साताव्यापी तालिम आयोजना गरिएको जनाइन् ।

Advertisement


वडाका सूचना अधिकारी नवराज सापकोटाले तालिममा सहभागीहरुलाई सिकेका ज्ञान, सीप र क्षमतालाई व्यवहारमा उतार्न आग्रह गरे । प्रशिक्षक घनश्याम पाण्डेले सहभागीहरूको सिक्ने हुटहुटी, ऊर्जा र जिज्ञासु स्वभावको प्रशंसा गरे ।


वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अप्सरा अधिकारी तिमिल्सिना, राजेश्वरी ढुंगाना, हिरा रानाभाट लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया