हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

पोखरा ।
हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत जेठको अन्तिम शनिबार क्लबको हाइकिङ भाग ५९ मा पोखरा महानगरपालिका वडा नं. २३, मकानपुर गाउँमा थएकाे थियाे ।
घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुने हाइकिङमा ८/९ वर्षका हिड्न सक्नेदेखि ७६ वर्षसम्मका सहभागि हुन रुचाउँछन् । सहभागिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ भने साना बालबालिकाहरुलाई अवस्था हेरी निशुल्क गरिँदै आएको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले बताइन् ।
विद्यार्थी, व्यापारी, गृहणी सबै जना महिनामा एक दिन भएपनि हाइकिङ जानुपर्छ भन्ने भावनाले क्लबकाे स्थापना भएकाे क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
हाइकिङमा अहिलेसम्म हजारौं सहभागी भइ सकेका छन् भने स्याङ्जा, तनहुँ र कास्कीका विभिन्न ठाउँमा गई त्यहाँको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पुर्याउँदै आएको छ । यस कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पर्यटनको राजधानी पोखरालाई प्रचारप्रसार गरिरहेकाे रानाभाटकाे भनाइ छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया