सृजना माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा ।
पोखराको सृजना माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण दिइएको छ । प्रेस क्लब गण्डकीको आयोजना र पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रमअन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया आयोजना गरिएको हो ।
नागरिकस्तरमा न्यायिक समितिको जानकारी पुर्याउने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गरी यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कार्यक्रममार्फत न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकारक्षेत्रबारे विद्यार्थीलाई जानकारी दिइयो ।
न्यायिक समिति नयाँ व्यवस्था भएकाले सर्वसाधारणमा पर्याप्त जानकारी नभएको हुँदा यसको व्यापक प्रचार गरी सहज र सरल रूपमा न्याय प्रदान गर्न कार्यक्रम सञ्चालित रहेको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
सृजना माविका प्राचार्य डोलराज पाण्डेले न्यायको क्षेत्रमा सिक्ने अवसर प्राप्त हुनु महत्वपूर्ण भएको बताउनुभयो । कम खर्चमा छिटो र झन्झटमुक्त रूपमा न्याय प्राप्त गर्ने उद्देश्यले न्यायिक समिति गठन गरिएको उनले उल्लेख गर्दै भने, ‘न्याय जान्दिनँ भन्ने छुट नहुने भएकाले कानुन बुझ्न जरुरी छ । यो अवसर प्रदान गरेकोमा प्रेस क्लब र न्यायिक समितिप्रति हामी आभारी छौँ ।’
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले समितिको गठन प्रक्रिया र अधिकारक्षेत्रबारे सहजीकरण गर्नुभयो भने अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकरणको प्रक्रिया, आचारसंहिता र योग्यताबारे जानकारी दिए । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजराम पौडेल, सचिव गौरव त्रिपाठीलगायतले बोलेका थिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया