मादी गाउँपालिकामा पहिरोले पुरिएर २ भैंसीको मृत्यु, ६ घरमा क्षती

पोखरा ।
मादी गाउँपालिका वडा नम्बर १ खिलाङमा पहिरोले पुरिएर दुई वटा भैंसी मरेको छन् । अविरल वर्षाका कारण बिहीबार राती गएको पहिरोले दुई वटा घरमा क्षति भएको छ ।
घरमाथिबाट खसेको पहिरोले गोठमा पूर्ण क्षती भएको रमादी–१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए । प्रहरी आएपछि पुरिएको भैंसीको निकालिने उनले बताए । पहिरो पन्छाउने काम बिहानैदेखि भइररहेको उनले जानकारी दिए ।
मादी–६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । भेडीखर्कका वीरबहादुर रानाको दुई वटा र सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो । प्रभावितहरुलाई सुरक्षित स्थानमा राख्ने र पुनःस्थापनालाई तीव्रता दिइने क्षेत्रीले बताए ।
’घटनामा मानवीय क्षति भएको छैन । चार वटै घरमा बस्न मिल्ने अवस्था छैन । कुनैको जगबाटै गएको छ, कुनै पुरिएको छ । आँगन, धारा पुरिएका छन् । वर्षाले खेतीमा पनि क्षती पुगेको छ । काहुँखोला—सिक्लेस सडक अवरुद्ध भएका छन्,’ उनले भने ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया