लेखनाथ उद्योग बाणिज्य संघमा ब्युटी सेमिनार

समाधान संवाददाता २०८२ असार ६ गते १६:४३

लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा व्यावसायिक ब्युटिसियनका लागि २ दिने प्रोफेसनल ब्युटि सेमिनार (एड्भान्स मेकअप एन्ड हेयर स्टाइल) तालिम प्रदान गरिएको छ । बुधबार र बिहीबार भएको तालिममा संघमा आवद्ध २३ जना सहभागी थिए ।


कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय ब्युटिपार्लरको अत्यधिक माग रहेकाले उनीहरुको सीपलाई अझ बढी निखरता दिन र आफ्नो व्यवसायलाई अझ बढी टेवा पुग्ने गरी तालिमको आयोजना गरिएको बताए । सीपसँगै आयआर्जनमा जोडिनका लागि उनले आग्रह गरे ।


तालिमका प्रशिक्षक एवं मायाज ब्युटिपार्लरका सञ्चालक गीता गिरीले सिकाई जीवनको महत्वपूर्ण पाटो भएको बताइन् । तालिम समापन समारोहमा सहभागीको तर्फबाट रुपकला श्रेष्ठले तालिम फलदायी भएको बताइन् । यस्ता एड्भान्स तालिमले व्यवसायलाई उत्साह र समयानुसारको परिवर्तनसँगै अगाडि बढ्न मद्दत पुग्ने धारणा उनको छ ।

Advertisement


कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लले सबै सहभागीलाई व्यावसायिक रुपमा अगाडि बढ्न यस प्रकारको तालिम फलदायी हुने विश्वास राखेकी थिइन् । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका पराजुली अधिकारी र कार्यक्रम संयोजक इन्दिरा रोक्का बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया