त्रिदिवसीय योग दिवस

लेखनाथ ।
‘गरौं योग, रहौं निरोगी’ भन्ने नाराका साथ पोखरा २६ स्थित शिदेश्वर योग ध्यान केन्द्रले त्रिदिवसीय कार्यक्रमसहित ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको छ । शुक्रबारदेखि सुरु भएको कार्यक्रममा तनावपूर्ण जीवनशैली व्यवस्थापन गर्न योगलाई प्रभावकारी विधिका रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले बाल्यकालदेखि वृद्धावस्थासम्म योग अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सकारात्मक सोच, तनावमुक्त जीवनशैली र निरोगी जीवनका लागि योगले औषधिको काम गर्ने भएकाले सबैलाई योगलाई प्राथमिकता दिन आग्रह गरे ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु शर्माले दैनिक कम्तीमा १ घन्टा शारीरिक अभ्यासमा संलग्न हुनुपर्नेमा जोड दिए । देश, समाज र घरपरिवार परिवर्तन गर्नका लागि व्यक्तिले आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्ने बताए ।
कार्यक्रममा योग प्रशिक्षक विश्वराज अधिकारीले नियमित योग साधनाबाट शरीरमा उत्पन्न हुने करिब ५० प्रतिशत रोग निवारण गर्न सकिने तर्क प्रस्तुत गरे । उनले त्रिदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार उद्घाटन, शनिबार भान्सा सुधारसम्बन्धी गतिविधि तथा आइतबार गण्डकी आयुर्वेद औषधालयको प्राविधिक सल्लाहमा स्वास्थ्य शिविर आयोजना गरिने जानकारी दिए ।
सिदेश्वर योग ध्यान केन्द्रकी अध्यक्ष मनकुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा योग अभ्यासकर्ताहरू राजेन्द्रप्रसाद रानाभाट, सीता बस्ताकोटी, अमृता बराल, हरिमाया केसी, लक्ष्मी थापा, मीना क्षेत्री, दीर्घनाथ ढुंगाना, कमला बराल लगायतले योग अभ्यासबाट आफूमा देखिएका विभिन्न समस्या क्रमशः निवारण हुँदै गएको अनुभव सुनाए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया