ब्रिज इन्टरनेशनलको टुर काठमाडौंमा समापन सम्पन्न

समाधान संवाददाता २०८२ असार ७ गते ५:५९

काठमाडौं – ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीद्वारा सञ्चालन गरिएको स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५  को समापन कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित कर्पोरेट अफिसमा भव्य रूपमा सम्पन्न भयो।

Advertisement

कार्यक्रममा ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल म्यानेजर प्रतिष्ठा थापा रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी भइन्। उनले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय अध्ययन यात्रामा ब्रिज इन्टरनेशनलले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपाली युवालाई विश्वस्तरीय शिक्षा प्रणालीप्रति आकर्षित गर्न मद्दत पुर्‍याउने बताइन्।

ब्रिटिश काउन्सिलका बिजनेस डेभलपमेन्ट हेड सुदर्शन सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिए। उनले ब्रिजको शैक्षिक अभियानले देशभरका विद्यार्थीहरूलाई सही जानकारी, सल्लाह र अवसर प्रदान गरिरहेको जानकारी दिए।

Advertisement

कार्यक्रममा ब्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले अतिथिहरू, सहभागीहरू तथा समर्पित टिमप्रति आभार प्रकट गर्दै संस्थाको आगामी योजना र विद्यार्थी–केन्द्रित दृष्टिकोण प्रस्तुत गरे।

संस्थाका अध्यक्ष महेश गिरीले ब्रिज इन्टरनेशनलको प्रारम्भिक यात्रा, हालसम्मको प्रगति र अन्तर्राष्ट्रिय स्तरमा बनाइएको विश्वसनीयता उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावशाली तथा उपयोगी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

टुर कार्यक्रम नेपालगञ्जबाट सुरू भई क्रमशः धुलाबारी, बिर्तामोड, धरान, इटहरी, विराटनगर, चितवन हुँदै जुन १८ मा काठमाडौंमा समापन गरिएको हो।

देशका प्रमुख शहरहरूमा आयोजित उक्त टुरमा हजारौं विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा, छात्रवृत्ति, भाषा परीक्षा र कन्सल्टेन्सी सेवाबारे प्रत्यक्ष जानकारी प्रदान गरिएको थियो।

ब्रिज इन्टरनेशनलले आगामी दिनमा पनि यस्ता विद्यार्थीमैत्री र भविष्य निर्माणमा सहयोग पुग्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया