इम्ब्रोइरी एन्ड गामेन्ट्स एसोसिएसनको तालिम र अवलोकन

पोखरा ।
इम्ब्रोइरी एन्ड गामेन्ट्स एसोसिएसन(एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थसम्बन्धी जानकारी तथा सीप विकास तालिम भएको छ ।
असार १ गतेदेखि बागलुङको ताराखोलामा अल्लो उद्योग जानकारी, रुकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थ सम्बन्धी जानकारी लगायतका कार्यक्रम भएका हुन् । रुकुमकोटको सिस्ने गाउँपालिका २ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थसम्बन्धी जानकारी तथा सीप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिए ।
छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तीर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन, कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिइन् । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्या लगायतका बारेमा जानकारी उनले गराइन् ।
बागलुुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थिल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतमा जानकारी गराइएको थियो । ११ महिला कार्यरत केन्द्रमा १२ तानमा चाल्ने सिस्नोको पाटबाट प्रशोधनगरी कपडा उत्पादन भइरहेको लगायतका जानकारी गराइयो ।
स्थलगत अवलोकन एवं तालिमपश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गरे । सभामुख घर्तीले स्थानीय सीप र साधनले पर्यटकीय बजार बिस्तार र पहुँच निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै तालिमको महत्वबारे प्रकाश पारे । वातावरणमैत्री उद्योगले रोजगारी सिर्जना गर्ने उनको भनाइ छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक हुनेमा जोड दिए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले मध्य पहाडी लोकमार्गको पहुँच विस्तारले स्थानीय सीपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकोले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनुुपर्ने जनाए ।
एगाका पूर्वअध्यक्ष विश्वराज पोखरोलले तालिम निकै उपयोगी बन्ेको धारणा राखे । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव माया सुवेदी, उपाध्यक्ष गीता ढकाल(पौडेल)लगायतले बोलेका थिए । सहभागीहरुल्े प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योग पनि अवलोकन गरेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया