देवघाटमा हत्या गरी भागेका व्यक्ति चितवनको वृद्धाश्रमबाट पक्राउ

पोखरा । तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय महत २०८२ असार ५ गते बिहान करिब ५ बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरी फरार भएका थिए । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा—लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
तर, हत्या आरोपमा संलग्न महत भने घटनापछि फरार थिए । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ७ गते बिहान करिब १० बजे चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।
प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र विस्तृत अनुसन्धान भइरहेको छ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया