प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश

पोखरा ।
मुस्लिम आयोगले आइतबार वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ । नेपालको संविधानको धारा २६४ अनुसार आयोग गठन भएको आयोगले प्रदेश प्रमुखहरुलाई पनि प्रतिवेदन पेश गर्ने व्यवस्था छ ।
संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई बुझाएका हुन् । प्रदेश प्रमुख भट्टले प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए ।
उनले मुस्लिम समुदायको इतिहास र संस्कृति पहिचान, हकहित संरक्षण र सम्वद्र्धनमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टलाई जानकारी गराए । ‘मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको छ,’ उनले भने, ‘पर्याप्त स्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले अपेक्षाअनुसार काम गर्न सकेको छैन ।’







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया