शारीरिक अपांगता भएका १० जनालाई ह्लिलचेयर

समाधान संवाददाता २०८२ असार ८ गते २०:०२

पोखरा ।

Advertisement


रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक तथा प्राविधिक सहयोगमा आइतबार शारीरिक अपांगता भएका व्यक्तिलाई äिलचेयर (गुड्ने कुर्ची) वितरण गरिएको छ । समुदायका आधारित पुनस्थापना सेवा (सिबिआरएस) नेपाल पोखराको व्यवस्थापनमा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोइराला लगायतले सहायता सामग्रीका रुपमा १० जनालाई मर्मत औजारसहित äिलचेयर वितरण गरे ।

रोटरी क्लब अफ काठमाडौं महानगर, इको वाटर फाउडेसन र लेटर डे सेन्ट च्यारिटिजसँगको सहकार्यमा भएको कार्यक्रममा डिष्ट्रिक गभर्नर कोइरालाले १ सय ६० क्लब नेपालमा र १ क्बल भुटानमा रहेको डिष्ट्रिकले अपांगताको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘डिस्ट्रिकले ३ सय थान äिल चियर ल्याएको छ,’ उनले भने, ‘एउटै व्यक्तिले धेरै पाउन हँुदैन । आवश्यकता भएको व्यक्तिले पाउन पर्छ ।’

Advertisement

उनले रोटरी क्लब पाटनले अपांगताको क्षेत्रमा काम गर्ने जानकारी दिए । उनले रोटरीले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने उल्लेख गरे । रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष महेश्वर पहारीले रोटरीका सदस्यले निश्चित रकम उठाएर सामाजिक क्षेत्रमा काम गर्ने जानकारी दिए । उनले रोटरीले दातृ निकाय र सेवाग्राहीबीच पुलको काम गर्ने बताए ।

समुदायमा आधारित पुनस्थापना सेवाकाका कार्यवहाक अध्यक्ष दिलीप शर्माले äिलचेयर लगायतका सहायक सामग्रीले अपांगता भएका व्यक्तिको जीवनमा सहजता ल्याउने चर्चा गरे । उनले रोटरीले समस्याग्रस्त क्षेत्रका व्यक्तिलाई मानवीय सहयोग गर्ने बताए । संस्थाका परियोजना अधिकृत विदुर कोइरालाले स्वदेशमा ह्विलचियर भित्र्याउन रोटरीको योगदान रहेको उल्लेख गरे । उनले संस्थाले äिल चियरको प्रयोग र मर्मतका लागि सहजीकरण गर्ने जनाए ।

Advertisement


कार्यक्रममा पोखरा महागरपालिका वडा नम्बर९ का वडा सदस्य लक्ष्मी पहारी, संस्थाका कार्यसमितिका सदस्य प्रदीपभक्त आचार्यले अपांगता भएका व्यक्तिका लागि घर, परिवारसम्म पुगेर सहयोग गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया