पोखरामा इन्जिनियरिङ कलेजमा प्रशिक्षण

समाधान संवाददाता २०८२ असार ८ गते २०:०९

पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा रहेको सिभिल इन्जिनियरिङ विभागको प्राविधिक क्लब सेसिलको आयोजनामा तथा कलेजको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) संयोजक इ. कृष्ण घिमिरेको संयोजकत्वमा इस्टिमेट प्रशिक्षण सम्पन्न भएको छ ।

Advertisement

२ दिने प्रशिक्षणमा अर्बान डेभलपमेन्ट एन्ड बिल्डिङ कन्स्ट्रक्सन अफिसका इन्जिनियर अच्युत पौडेलले प्रशिक्षण दिएका थिए ।
तालिममा करिब ४० जना विद्यार्थीको सक्रिय सहभागिता थियो ।

तालिमले विद्यार्थीलाई भवन निर्माणसम्बन्धी परियोजनाको लागत अनुमान गर्ने सीप प्रदान गर्नुका साथै व्यावहारिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएको सहभागीले बताए ।

Advertisement

कार्यक्रमको समापनमा संयोजक घिमिरेले यस्ता तालिमले विद्यार्थीलाई भविष्यको निर्माण क्षेत्रमा अझ सक्षम बनाउने विश्वास व्यक्त गरे । कलेजले विद्यार्थीलाई यस्ता गैरक्रेडिट प्रशिक्षण निरन्तर दिँदै आएको कुरा प्रिन्सिपल इ. सोम गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया