समाधानकर्मी सुन्दरकुमार थकाली सम्मानित
समाधान संवाददाता
२०८२ असार ८ गते २०:१३

मुस्ताङ ।
मुस्ताङका समाधानकर्मी सुन्दरकुमार थकाली सम्मानित भएका छन् । मुस्ताङको कठिन भूगोलमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका थकालीलाई यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आइतबार नगदसहित सम्मान गरेको हो ।
२२ औं गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाइलीले सम्मान गरेका हुन् । मुस्ताङको आर्थिक विकास, सुशासन, समृद्धि र जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधता लगायतमा क्षेत्रमा कलम चलाउने थकाली १२ वर्षदेखि पत्रकारितामा छन् ।
पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल समाधान दैनिकसहित राष्ट्रिय समाचार समिति र अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध छन् ।
सम्बन्धित








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया