गण्डकी प्रदेशमा घुमाउरो बाटोबाट फर्कियो सांसद विकास कोष !

पोखरा ।
गण्डकी प्रदेशका सांसद श्यामराज महतले सरकारमाथि सांसद विकास कोषलाई प्रत्यक्षरूपमा खारेज गरे पनि घुमाउरो तरिकाले त्यसैको अभ्यास दोहोर्याएको बताए । सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले सांसदकै सिफारिसमा ५०–५० लाखका दुईवटा योजनालाई बजेटमा राखिएको खुलासा गरे ।
‘सांसद विकास कोष नभएको भनिए पनि बजेट भने सांसदले मागेकै योजनामा खर्च गर्नेगरी छुट्याइएको छ,’ महतले भने, ‘पत्रकारले लेख्ने मुद्दा हाल्ने बाटो टारिएको छ । नत्र ती सिफारिसमै बजेट हालिएको छ ।’
सर्वोच्च अदालतले यसअघि सांसद विकास कोष कोषहरूमा सार्वजनिक बजेट विनियोजन नगर्न निर्देशन दिएको थियो । तर अहिले प्रदेश सरकारले त्यसैको नमुना दोहो¥याउँदै ‘घुमाउरो कोष’को अभ्यास गरेको भन्दै आलोचना सुरु भएको छ । यसअघि अहिले गण्डकी सरकारले बजेट निर्माणमा पारदर्शिता, समावेशिता र आवश्यकता हेर्नेभन्दा पनि सांसदको दबाब र सिफारिसलाई प्राथमिकता दिएको छ महतले भने, ‘पहुँचवालाको योजनामा मात्रै खर्च गर्ने हो भने जनताको समस्या कहिल्यै समाधान हुँदैन ।’







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया