‘सबै मजदूरलाई सामाजिक सुरक्षा कोषमा लैजाऔं’

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औं स्थापना दिवसको अवसरमा संगठनको गण्डकी प्रदेश कमिटीले सोमबार खुला रक्तदान आयोजना गरेको छ । कार्यक्रममा ६० युनिट रगत संकलन भएको संगठनका प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
स्थापना दिवसको सन्दर्भमा संगठनले अगुवा कार्यकर्ता भेला, निशुल्क स्वास्थ्य शिविर, दीप प्रज्वलन, वृक्षरोपण र अग्रज यातायात मजदुर मिनर्बु लामा र चूडामणि चौधरीलाई सम्मानसमेत गरेको छ ।
संविधान सभाका सदस्य तथा संगठनका पूर्व केन्द्रीय अध्यक्ष चूडामणि जंगलीले नेकपा (एमाले)को सरकारको पालामा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको बताए । उनले अनौपचारिक क्षेत्र लगायतका सबै श्रम क्षेत्रमा सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न पर्ने उल्लेख गरे ।
‘आम श्रमिक एक जुट भएर राज्यका निकाय र रोजगारदातालाई योजनाको कार्यान्वयनका लागि दबाब दिनुपर्छ,’ उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि श्रमिकहरु सचेत भएर लाग्न आवश्यक छ ।’ उनले धेरैभन्दा धेरै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न ट्रेड युनियनहरुले भूमिका खेलेको चर्चा गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्काले यातायात स्वतन्त्र मजदुर संगठन नियमित रुपमा धेरै युनिट रक्तदान गर्ने संस्थामा पर्ने जानकारी दिइन् । उनले कास्कीमा ६ सय भन्दा बढी रक्तदान गर्ने संस्था रहेको बताइन् । मानव शरीर स्वास्थ्यको सूचक भएको रक्तदानलाई मानिने जानकारी दिँदै उनले रेडक्रस कास्कीले विगत २ वर्षदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा रक्त सञ्चार सेवालाई निशुल्क गरेको उल्लेख गरिन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकलाई सूचीकृत गर्ने सवाललाई प्रमुखताका साथ उठाएको बताए । उनले संगठनको स्थापना दिवसमा देशव्यापी रुपमा रक्तदान लगायतका सामाजिक काम गरेको जनाए ।
यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष केसीले संगठनको फलफूल तथा ढुवानी इकाई, निजी तथा आवासीय विद्यालय महानगर कमिटी पोखरामा आबद्ध श्रमिकको सामाजिक सुरक्षा कोषमा सूचीकृतको सुरुवात भएको उल्लेख गरे । उनले सबै श्रमिकलाई समेट्नको लागि साउन १ गतेदेखि दबाबमुलक कार्यक्रम गर्ने बताए ।
‘श्रमको सम्मान, मर्यादित काम, सामाजिक सुरक्षा योजना कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्री, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेय, पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोला, जिफन्ट गण्डकी प्रदेश कमिटी सहसचिव तीर्थराज मगर, नेपाल यातायात मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, गण्डकी प्रदेश कमिटी उपाध्यक्षहरु बाबुराम राना र बेनीराज थिङ, सचिव नारायणप्रसाद रिमाल, यातायात मजदूर नेताहरु इन्द्रबहादुर गुरुङ र रुद्रमान प्रधानले यातायात क्षेत्रका समस्याबारे बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया