३९ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा विविध कार्यक्रम

पोखरा ।
रामबजार स्थित एसओएस हरमन माइनर विद्यालय गण्डकीमा ३९ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ । पहिलो दिन अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र दोस्रो दिन ‘निर्जिव वस्तु चित्रकला’ प्रतियोगिता भएको छ ।
वक्तृत्वकला प्रतियोगितामा पोखरामहानगर भित्रका १२ विद्यालयको सहभागिता रहेको थियो । ‘सामाजिक सञ्जालः अभिषाप कि वरदान’ विषयक अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा शिव त्रिपाठी, नारायण प्रसाद सापकोटा र कृष्ण सुनारले निर्णायाकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी एञ्जेलिना केसी प्रथम, शिशु निकेतन माविकी अक्रिषा पोखरेल द्वितीय, एसओएस हरमन माइनर विद्यालय गण्डकीकी स्मारिका न्यौपाने तृतीय र मदरल्यान्ड माविका विशेष बरालले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपाने, प्रमुख निर्णायक शिव त्रिपाठी तथा विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै दोश्रो दिनको ‘निर्जीव वस्तु चित्रकला’ प्रतियोगितामा पोखराका विभिन्न २० विद्यालयहरूको सहभागिता थियो । प्रतियोगिताका प्रमुख अतिथि सिर्जनशील कलाकार समूहका मानार्थ सल्लाहकार, वरिष्ठ कलाकार गोपाल श्रेष्ठ थिए । प्रतियोगितामा वरिष्ठ चित्रकार बुद्धि गुरूङ, हरेराम जोजिजु र लोकप्रसाद गुरूङ निर्णायक थिए ।
प्रतियोगितामा करूणानिधि एजुकेसन फाउन्डेसनका प्रिन्स थापा प्रथम, सगरमाथा निकेतनका विश्वास सुवेदी द्वितीय, रेन्बो एकेडेमी होम्सका आदर्श रोका तृतीय र एसओएस हरमन माइनर मावि पोखरा, घारीपाटनका तेन्जिङ लेच्सोले चौंथो स्थान हासिल गरेका थिए ।
प्रथम, द्वितीय, तृतीय र चौंथो हुने प्रतियोगिहरूलाई कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्ठ, विशेष अतिथि एसओएस बालग्राम गण्डकीका योजना निर्देशक, प्रमुख निर्णायक बुद्धि गुरूङ र विद्यालयका प्रधानाध्यापक, चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्ठले आफ्नो मन्तव्य राख्दै एसओएस विद्यालयले चित्रकला तथा समग्र कलाकारितामा पु¥याएको योगदानको प्रशंसा गर्दै विजयी छात्र–छात्रालाई बधाई ज्ञापन गरे ।
एसओएस बालग्रामले सन् १९८७ देखि संस्थालाई हरमन माइनरको जन्मदिन अर्थात प्रत्येक वर्ष जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रभाष पौडेलले स्वागत मन्तव्य राखेका थिए र अर्का सहायक प्रधानाध्यापक विरसिंह बुढाले कार्यक्रम सञ्चालन गरेका थिए साथै वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन छात्राद्वय समृद्धि क्षेत्री र अनुपमा अघिकारीले गरेका थिए ।









व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया