खड्कको नेतृत्वमा मगर लेखक संघ

पोखरा ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत भएका छन् । शनिबार तनहुँको भिमाद नगरपालिका ६ मालेबगरमा भएको दोस्रो प्रदेश अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका आलेमगर अध्यक्षमा चुनिएका हुन् ।
उपाध्यक्षमा दीपक सिंजालीमगर, सचिव भोज विवश खण्डलुकमगर, सहसचिव पुनम थापामगर र कोषाध्यक्षमा पूर्ण ठाडामगर निर्वाचित भए । ११ सदस्यीय प्रदेश समिति सदस्यमा लेखबहादुर आलेमगर (स्याङ्जा), थमनसिंह रानामगर (तनहुँ), रुयाशा थापामगर (बागलुङ), यामबहादुर थापामगर (नवलपुर) छन् । बाँकी २ सदस्य बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष आलेमगरले जानकारी दिए ।
अधिवेशन गर्नका लागि संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर र गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर सदस्य रहेको ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
अधिवेशनमा गण्डकी प्रदेश सरकारका पूर्वआर्थिक मामिला मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आलेमगरले मगर जातिको इतिहास, भाषा, धर्म र संस्कृतिको बारेमा लेखकहरूले कलम चलाउनुपर्ने आवश्यकता रहेको बताए । मगर समुदायको ऐतिहासिक लिखित दस्तावेज पाउन कठिन रहेको भन्दै उनले कलम चलाउने कुरा सजिलो नभएको धारणा राखे ।
लेखक हुन सबैलाई रहर हुने भए पनि साँच्चिकै लेखक बन्न गाह्रो भएको भन्दै पूर्वमन्त्री आलेमगरले मगर लेखक संघले गतिविधि बढाउँदै लैजान सके मगर समुदायमा जागरण ल्याउन सक्ने विश्वास व्यक्त गरे । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर समुदायमा लेखकको अभाव रहेको भन्दै लेखकको अभाव पूर्तिका लागि मगर लेखक संघले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गरे ।
लेखन कार्य अत्यन्त जटिल हुने भन्दै उनले प्राज्ञिक र बौद्धिक क्षेत्रमा समुदायको कम चासो हुनु चिन्ताको विषय भएको जनाए । भिमाद नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले लेखकहरूले जनप्रतिनिधिले गरेका गलत काममा खबरदारी र राम्रो काम जनतासम्म पु¥याउन भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । वडा नं. ४ का वडाध्यक्ष रामकृष्ण रानामगरले आफ्नो भाषा, संस्कार र संस्कृतिका बारेमा मगर लेखकहरूले कलम चलाउनुपर्ने बताउँदै लेखनको माध्यमबाट मगर समुदायको उत्थानमा भूमिका खेल्न आग्रहसमेत गरे ।
समारोहमा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर, सेतीकाली साहित्य संगमका अध्यक्ष नारायणकैलाश सिग्देल, गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर, समाजसेवी राजन आलेमगर, नरेन्द्र थापामगर, प्रभात आलेमगर, नेपाल मगर लेखक संघ, स्याङ्जा अध्यक्ष जीबी रानामगर, तनहुँ अध्यक्ष यामलाल थापामगर, बागलुङ संयोजक यामबहादुर थापामगर, नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, सहसचिव दीपक सिंजालीमगर र उपाध्यक्ष खड्क आलेमगरले पनि बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया