गण्डकी प्रदेशसभा सदस्य बिन्दु पौडेलको अभिव्यक्तिप्रति सुनीता थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग

पोखरा ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्य बिन्दु पौडेलले प्रयोग गरेको ‘अन्धोपन र अन्धो त भएको थिएन’ भन्ने अभिव्यक्तिप्रति प्रदेशसभा सदस्य सुनीता थापाले कडा आपत्ति जनाएकी छन् । उनले सो अभिव्यक्तिले दृष्टिविहीन व्यक्ति तथा अपांगता भएका समुदायको गरिमा र आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै सदनको नियमावलीविपरीत भएको स्पष्ट पारेकी छन् ।
सांसद थापाका अनुसार उक्त अभिव्यक्तिले अपांगता भएका व्यक्तिहरू, विशेषगरी दृष्टीविहीन समुदायको गरिमा, पहिचान र आत्मसम्मानमा प्रत्यक्ष आघात पुर्याएको छ । उनले गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ को स्पष्ट उल्लंघन भएको भन्दै अभिव्यक्तिलाई सदनको अभिलेखबाट हटाउन माग गरिन् ।
त्यस्तै, उनले सभामुखमार्फत् सांसद पौडेललाई औपचारिक चेतावनी दिइनुपर्ने र यस्ता अपमानजनक भाषाको प्रयोग दोहोरिन नदिन प्रदेशसभा भित्र आवश्यक निर्देशन जारी गरिनुपर्ने बताएकी छन् ।
थापाले प्रदेशसभा सबै नागरिकको प्रतिनिधित्व गर्ने मर्यादित थलो भएको स्मरण गराउँदै त्यस्तो ठाउँबाट विभेदकारी र अपमानजनक शब्द प्रयोग हुनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् । उनले अपांगता भएका व्यक्तिको गरिमा जोगाउन सबै सांसद जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।
प्रदेश सभा सदस्य बिन्दु पौडेलले कुनै समुदाय विशेषलाई होच्याउने मनसायले ती शब्द प्रयोग नगरेको बताएकी छन् । कविताका अंशमा प्रयुक्त शब्द प्रयोग गर्दा दुख मनाउन गर्नु नपर्ने उनको भनाइ छ । उनले प्रदेशसभा नियमावली, २०८० को नियम २० (घ) तथा नियम २५ अनुसार नियमापत्तीको प्रक्रिया नै गलत रहेको बताइन् । ‘मैले बोल्दै गर्दा उठेर नियमापत्ति गर्नुपर्नेमा म पछि २ सांसदले बोलेपछि मात्र नियमापत्ति भएको छ, बोल्दा बोल्दै रोकेको भए सभामुखबाट केही आदेश आउँथ्यो होला त्यसो पनि भएन,’ उनले भनिन् ।
बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बिनाकुमारी थापाले नियमापत्तिबारे ध्यानाकर्षण भएको जनाउँदै बैठकको कारवाही अगाडि बढाएकी थिइन् ।
सभामुख कृष्णप्रसाद धितालले सदनको ध्यानाकर्षण भएको विषय भएकाले ती शब्दहरु हटाउने नहटाउने बारेमा छलफलपछि निर्णय गरिने बताए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया